मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्यः : विप्लव
झापा, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’ मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्य रहेको बताएका छन् । जनता अहिलेको व्यवस्थामा सन्तुष्ट नरहेको भन्दै महासचिव विप्लवले अहिले तत्काल ठूलो बिद्रोहको सम्भावना पनि नरहेको उल्लेख गरे । झापाको बिर्तामोडमा सोमवार कुराकानी गर्दै महासचिव विप्लवले अहिलेको व्यवस्था ठीक छ भन्ने कोही नरहेको र [...] The post मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्यः : विप्लव appeared first on Jhapa Online.

झापा, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’ मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्य रहेको बताएका छन् । जनता अहिलेको व्यवस्थामा सन्तुष्ट नरहेको भन्दै महासचिव विप्लवले अहिले तत्काल ठूलो बिद्रोहको सम्भावना पनि नरहेको उल्लेख गरे ।
झापाको बिर्तामोडमा सोमवार कुराकानी गर्दै महासचिव विप्लवले अहिलेको व्यवस्था ठीक छ भन्ने कोही नरहेको र समाजवाद निर्माणका लागि दलहरु तयार हुनुपर्ने बताएका छन् । राजनीतिक दलको इच्छाशक्ति नहुँदा संविधानमा समाजवाद उन्मुख लेखिए पनि उक्त विषय देशको निकास नभएकाले नागरिकको निराशालाई चिर्न नेकपालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्न राजनीतिक दलका प्रमुखहरु तयार हुने हो भने अहिले नै संविधान संशोधन हुन्छ । तर, राजनीतिक दलहरु जनताका समस्या र जनजिविकाका विषयमा जिम्मेवार नरहेको आरोप लगाएका छन् ।
संविधान संशोधनवाट पनि समाजवादमा जान सकिने बताउँदै उनले भने– देश ठूलो धु्रवीकरणमा जाँदैछ, यस्तो अवस्था आगामी दशकमा हुँदैन । सबै शक्तिलाई एक ठाउँमा ल्याएर संविधान संशोधन गर्दै समाजवादी गणतन्त्र स्थापनाका लागि दलहरुले इच्छा व्यक्त गर्नुपर्ने उनले बताए । उनले नेकपालाई निर्वाचन वा संघर्षबाट भए पनि देशको नेतृत्व गर्ने अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।
दश वर्षको सशस्त्र संघर्षपछि देशले एक सय वर्षअघि फड्को मारेको जिकिर गर्दै महासचिव विप्लवले मुलुक अब पछाडि फर्कन नसक्ने दावी गरे । उनले जनताका निराशालाई चिर्दै नेपाल सुहाउँदो शासकीय प्रणाली निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी तयार रहेको र आफूहरुलाई जनताको भरपूर साथ र सहयोग रहेको बताए । झापा राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्ने जिल्ला भएकाले आफ्नो झापा बसाईँका क्रममा सवै क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै मुलुकको निकाशका लागि नेकपाले आगामी बाटो तय गर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी चैत १२ गतेदेखि झापाबाट जनजागरण मार्च गर्ने भएको छ । झापाबाट शुरु भएको अभियान कञ्चनपुरसम्म पुग्ने महासचिव विप्लवले जानकारी दिए । राष्ट्रिय स्वाधीनता र मुलुकको निकासका लागि समाजवाद आवश्यक रहेको र जनतालाई जागरुक बनाउन नेकपा जिल्ला दौडमा रहेको बताइएको छ । मुलुकको परिवर्तनका लागि समाजवादी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको उल्लेख गर्दै महासचिव विप्लवले झापामा रहँदा सबै क्षेत्रका विद्वतवर्गसँग पनि भेटघाट गर्ने बताएका छन् ।
The post मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्यः : विप्लव appeared first on Jhapa Online.
What's Your Reaction?






