कनकाई–७ का २० जना महिलालाई उद्घोषण तथा माइन्यूट लेखन तालिम

कनकाई, २७ बैशाख । झापाको कनकाई वडा नं. ७ मा महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको शुक्रबार सम्पन्न भएको छ। कनकाई वडा नम्बर ७ को आयोजनामा गत बैशाख २२ गतेबाट २६ गते ५ दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षता र कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको [...] The post कनकाई–७ का २० जना महिलालाई उद्घोषण तथा माइन्यूट लेखन तालिम appeared first on Jhapa Online.

May 10, 2025 - 02:50
 0
कनकाई–७ का २० जना महिलालाई उद्घोषण तथा माइन्यूट लेखन तालिम

कनकाई, २७ बैशाख । झापाको कनकाई वडा नं. ७ मा महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको शुक्रबार सम्पन्न भएको छ।

कनकाई वडा नम्बर ७ को आयोजनामा गत बैशाख २२ गतेबाट २६ गते ५ दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षता र कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा उपप्रमुख शिवाकोटीले महिलाहरुले आफ्नो व्यतित्व विकास गर्न इच्छा शक्ति जागृत गर्नुपर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनुभयो । उहाँले यस्ता तालिमहरु नगरमा अतिआवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनुभयो।

महिलाका लागि आयमूलक तथा क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा नम्बर ७ की कार्यवाहक वडाध्यक्ष सुब्बाले बताउनुभयो । उहाँले आफूहरुले सिकेको सिपलाई सकेसम्म टोल समूह तथा भेला लगायतमा सहभागी भई सही सदुपयोग गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपोले स्वागतसहित चालू आर्थिक वर्षमा वडाबाट भएका कामका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले वडा न ७ मा प्राप्त बजेटलाई योजनाबद्ध रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिम निरन्तर भइरहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु सतार, वडा सदस्य सावित्रा सार्की, टोल बिकास समिति ४ का अध्यक्ष कमल न्यौपाने, टोल विकास समिति ८ का भक्तबहादुर तामाङ, टोल बिकास समिति ९ का अध्यक्ष महेश्वर शिवाकोटी लगायतले सिकेको सीपको सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।

तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरुले आफूहरुले पाएको तालिमको अनुभव सुनाउनु भएको थियो । तालिमको सहजीकरण पत्रकार भरत प्रसाईं तथा सञ्चारकर्मी निराजन निरौलाले गर्नुभएको थियो । तालिममा वडा नम्बर ७ भित्रका १० वटा टोलका २० जनाको सहभागिता रहेको थियो ।

The post कनकाई–७ का २० जना महिलालाई उद्घोषण तथा माइन्यूट लेखन तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register