बस्तीमा डढेलो फैलिँदा एक विद्यालयसहित नौ घर जलेर नष्ट

खोटाङ  खोटाङस्थित हलेसी क्षेत्रका सामुदायिक बनमा लागेको डढेलो गाउँमा पसेपछि एउटा विद्यालय र नौँ वटा घर तथा पशुचौपायसहितका गोठ जलेर नष्ट भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनबाट चैत्र–३ गते राती सुरु भएको डढेलो बस्तीमा पस्दा एक विद्यालयका भवन जल्नका साथै नौ घरपरिवार विस्थापित भएका छन् ।  आगलागीबाट बालकन्या आधारभूत विद्यालयको […]

Mar 18, 2025 - 12:28
 0
बस्तीमा डढेलो फैलिँदा एक विद्यालयसहित नौ घर जलेर नष्ट

खोटाङ

 खोटाङस्थित हलेसी क्षेत्रका सामुदायिक बनमा लागेको डढेलो गाउँमा पसेपछि एउटा विद्यालय र नौँ वटा घर तथा पशुचौपायसहितका गोठ जलेर नष्ट भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनबाट चैत्र–३ गते राती सुरु भएको डढेलो बस्तीमा पस्दा एक विद्यालयका भवन जल्नका साथै नौ घरपरिवार विस्थापित भएका छन् ।

 आगलागीबाट बालकन्या आधारभूत विद्यालयको दुईकोठे कार्यालय भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राईको घर लेर नष्ट भएको हो । यस्तै, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, बाघखोरका रणबहादुर राईको घर जलेको छ । डढेलो फैलिँदै गाउँ पस्दा  लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जनाए  । यस्तै, स्थानीयको पशुचौपाय समेत उल्लेख्य रुपमा मर्नका साथै घाईंते भएका छन् ।

 छुम्पाङ क्षेत्रमा लागेको डढेलो सुरक्षाकर्मी तथा नगरबासी स्थानीयको प्रयासमा सोमबार राती निभाउन सफल भए पनि अन्य क्षेत्रको डढेलो तत्काल निभाउन सम्भावना नरहेको वडाध्यक्ष राईको भनाई छ । बस्तीसम्म फैलिएको डढेलो निभाउने प्रयास भईरहेको उनले सुनाए ।

बिचल्लीमा परी बिस्थापनको अवस्थामा पुगेका पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार रुपैंयाँ तथा त्रिपाल र कम्बल एक-एक थान उपलब्ध गराएको छ । थप राहत र पुनः स्थापनाका लागि सरोकारवाला निकाय सबैसँग पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जनाए । यस्तै, पीडित घर परिवारलाई नगरपालिकाको तर्फबाट प्रतिघर दश हजारका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगर प्रमुख विमला राईले बताइन्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register