मकवानपुरबाट ६ कैदीबन्दीले दिए एसइईको परीक्षा 

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)मा मकवानपुरका ६ जना कैदीबन्दी सहभागी भएका छन् । भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दी परीक्षामा सहभागी भएका हुन् ।  शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख गिरीका अनुसार भीमफेदी कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागि भएका छन् । परीक्षामा […]

Mar 20, 2025 - 03:48
 0
मकवानपुरबाट ६ कैदीबन्दीले दिए एसइईको परीक्षा 

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)मा मकवानपुरका ६ जना कैदीबन्दी सहभागी भएका छन् । भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दी परीक्षामा सहभागी भएका हुन् । 

शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख गिरीका अनुसार भीमफेदी कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागि भएका छन् ।

परीक्षामा कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जना कैदीबन्दीले परीक्षा दिएको कारागारका जेलर तीर्थराज पौडेलले बताएका छन् । पौडेलका अनुसार उनीहरुका लागि परीक्षा कारागार भित्रैबाट दिने व्यवस्था मिलाइएको छ । 

उनीहरुले हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयबाट एसइई परीक्षाको फाराम भरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register