सीआईबीको नक्कली इमेल बनाएर ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली इमेल बनाएर ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् । उनीहरुलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरिएको हो […]

Feb 4, 2025 - 11:39
 0
सीआईबीको नक्कली इमेल बनाएर ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली इमेल बनाएर ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

उनीहरुलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले प्रहरीका विशिष्ट व्यक्तिको नाम, दर्जा र कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको पाइएको छ ।

हाल उनीहरुविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register