विश्वका घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा लुम्बिनी ‘टप १०’ मा 

काठमाडौँ । लुम्बिनी विश्वका घुम्नैपर्ने सूचीको नवौँ नम्बरमा परेको छ । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले सार्वजनिक गरेको सन् २०२५ मा घुम्नैपर्ने विश्वका उत्कृष्ठ ठाउँको नवौँ नम्बरमा लुम्बिनीलाई राखेको हो ।  ‘द न्युयोर्क टाइम्स’ले हजारौँ वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । पत्रिकाले लुम्बिनी नेपालको […]

Jan 13, 2025 - 03:45
 0
विश्वका घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा लुम्बिनी ‘टप १०’ मा 

काठमाडौँ । लुम्बिनी विश्वका घुम्नैपर्ने सूचीको नवौँ नम्बरमा परेको छ । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले सार्वजनिक गरेको सन् २०२५ मा घुम्नैपर्ने विश्वका उत्कृष्ठ ठाउँको नवौँ नम्बरमा लुम्बिनीलाई राखेको हो । 

‘द न्युयोर्क टाइम्स’ले हजारौँ वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ ।

पत्रिकाले लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । सँगै पत्रिकामा लुम्बिनी बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पनि उल्लेख गरिएको छ । 

त्यस्तै, न्यूयोर्क टाइम्सको घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register