सुनिलको ‘पुनरामगन’ गोलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । सुनिल क्षेत्रीको पुनरामगन गोलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । मेघालयको जवाहरलाल नेहरू रङ्गशालामा बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली भारतले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो । भारतको जितमा सन्यास फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका सुनिलले खेलको ७६औं मिनेटमा गोल गरेपछि भारले सहज जित पक्का गरेको थियो […]

Mar 20, 2025 - 04:24
 0
सुनिलको ‘पुनरामगन’ गोलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । सुनिल क्षेत्रीको पुनरामगन गोलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ ।

मेघालयको जवाहरलाल नेहरू रङ्गशालामा बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली भारतले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

भारतको जितमा सन्यास फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका सुनिलले खेलको ७६औं मिनेटमा गोल गरेपछि भारले सहज जित पक्का गरेको थियो । यसअघि राहुल भेकेले ३४औं र लिस्टोन कोलाकोले ६६औं मिनेटमा गोल गर्दै भारतको जितको आधार तयार पारेका थिए ।

चर्चित भारतीय स्ट्राइकर सुनिलले गत फागुन २२ गते अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएको घोषणा गरेका थिए । उनले करिब ९ महिलाअघि गरेको सन्यासको निर्णय फिर्ता लिएका हुन् ।

४० वर्षीय सुनिलले गत जेठमा सन्यासको निर्णय लिएका थिए । उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । सो बेला पनि उनी टोलीको कप्तान थिए ।

सुनिलले भारतीय टोलीबाट १५२ खेल खेल्दै कुल ९५ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् ।

सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यू गरेका थिए । उनले डेब्यूले खेलमै गोल गरेका थिए ।

भारतले अब मार्च २५ मा बङ्गलादेशविरुद्ध विश्वकप तथा एसिया छनोटको खेल खेल्दैछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register