कुलमानले भने- ‘ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले नेपालमा अब लोडसेडिङ नहुने दाबी गरेका हुन् ।  बुधबार मात्रै राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब नेपालमा साँझको समयमा लोडसेडिङ हुने बताएका थिए ।  यतिसम्म कि उर्जामन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान […]

Mar 20, 2025 - 04:15
 0
कुलमानले भने- ‘ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले नेपालमा अब लोडसेडिङ नहुने दाबी गरेका हुन् । 

बुधबार मात्रै राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब नेपालमा साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । 

यतिसम्म कि उर्जामन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको र नेपालमा लोडसेडिङको अन्त्य कुलमानका कारण नभएको बरु भारत र निजी क्षेत्रका कारण भएको भन्दै भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।

तर, उर्जामन्त्रीको उक्त अभिव्यक्तिको काउन्टर जवाफमा कुलमानले नेपालमा लोडसेडिङ नहुने दाबी गरेका हुन् । उनले लोडसेडिङ हुँदैन भन्नेमा ढुक्क हुन पनि भनेका छन् । साथै उनले लोडसेडिङ हुन्छ भन्नेजस्ता हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register