‘सबैभन्दा गरिब राष्ट्रपति’को उपमा पाएका मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओरसीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, […]

May 14, 2025 - 06:56
 0
‘सबैभन्दा गरिब राष्ट्रपति’को उपमा पाएका मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओरसीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register