खेलकुदको विकास गर्न पार्टीले बनाउने नीति महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक विचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्वपूर्ण हुने बताएका हुन् । उनले […]

Mar 20, 2025 - 13:03
 0
खेलकुदको विकास गर्न पार्टीले बनाउने नीति  महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक विचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्वपूर्ण हुने बताएका हुन् ।

उनले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राखे । देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुनु सकारात्मक रहेको जिकिर गरे ।

त्यस्तै काङ्ग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register