कनकाईमा राजश्व संकलन घुम्ति शिविर, २० प्रतिशत छुट

कनकाई, ७ चैत । झापाको कनकाई नगरपालिकाले राजश्व संकलन घुम्ति शिविर शुरु गरेको छ । नगरपालिका भित्रका व्यवसायीलाई लक्षित गरेर आजदेखि शिविर शुरु गरेको हो । आज कनकाई–३ सुरुङ्गा बजारस्थित पाथिभरा जेष्ठ नागरिक चौतारीमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच शिविरको उद्घाटन गरिएको छ । नागरभित्र विगत लामो समयदेखि व्यवसाय नवीकरण नगरी सञ्चालन भइरहेका उद्योग, कलकारखाना, [...] The post कनकाईमा राजश्व संकलन घुम्ति शिविर, २० प्रतिशत छुट appeared first on Jhapa Online.

Mar 20, 2025 - 13:37
 0
कनकाईमा राजश्व संकलन घुम्ति शिविर, २० प्रतिशत छुट

कनकाई, ७ चैत । झापाको कनकाई नगरपालिकाले राजश्व संकलन घुम्ति शिविर शुरु गरेको छ । नगरपालिका भित्रका व्यवसायीलाई लक्षित गरेर आजदेखि शिविर शुरु गरेको हो ।

आज कनकाई–३ सुरुङ्गा बजारस्थित पाथिभरा जेष्ठ नागरिक चौतारीमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच शिविरको उद्घाटन गरिएको छ । नागरभित्र विगत लामो समयदेखि व्यवसाय नवीकरण नगरी सञ्चालन भइरहेका उद्योग, कलकारखाना, व्यवसायलाई पछिल्लो दुई वर्षको मात्र राजश्व बुझाएर नवीकरण गराउने उद्देश्यले घुम्ति शिविर आयोजना गरिएको नगरका जिन्सी शाखा अधिकृत भोजराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा नयाँ व्यवसाय दर्ता गरिने साथै शिविर अवधिभर दर्ता नवीकरण गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । पछिल्लो २ वर्षको नवीकरणको समेत जरिवाना नलाग्ने उहाँले बताउनुभयो । सात दिनका लागि शिविर सञ्चालन गरिएको र आवश्यकता अनुसार थपघट हुन सक्ने जनाइएको छ ।

शिविरको पहिलो दिन यो समाचार तयार पार्दासम्म १५ वटा व्यवसाय दर्ता र नवीकरण भइसकेको र त्यसवापत ४५ हजार ९२५ रुपैयाँ राजश्व संकलन भएको आचार्यले बताउनुभयो ।

शिविरको उद्घाटन नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले संयुक्त रुपमा गर्नुभएको थियो । शिविर कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले लामो समयदेखि व्यवसाय नवीकरण गर्न नसकिरहेका व्यवसायीला शिविरबाट लाभ लिन आग्रह गर्नुभयो ।

पुरानो नवीकरण शुल्क छुट गरिदिए नियमित रुपमा व्यवसायन नवीकरण गरेर सञ्चालन गर्ने आम व्यवसायीले आग्रह गरेपछि सोही अनुरुप शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । घुम्ति शिवरमा नवीकरण गर्ने व्यवसायी र नयाँ दर्ता गर्नेलाई छुट दिइएकाले समयमै आएर सेवा लिन उहाँले आग्रह गर्नुभयो ।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले समेत शिविरबाट फाइदा लिन आग्रह गर्नुभयो । “नगरपालिकामा बुझाइएको राजश्वले नगरबासीकै हितमा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “नगरको विकासमा यसले टेवा मिल्नुका साथै नियमसंगत व्यवसाय सञ्चालन गर्न समेत सकिन्छ ।”

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने सबैले समयमै कर तिर्न आग्रह गर्नुभयो । “राजश्व तिर्नु भनेको विकासको साझेदार पनि बन्नु हो”, उहाँले भन्नुभयो, “समयै कर तिरेर स्थानीय सरकार सञ्चालनमा सबैले सहयोग गर्नुपर्छ ।” राजश्व संकलन घुम्ति शिविर उद्घाटन कार्यक्रमको सञ्चालन कर्मचारी कमला विश्वकर्माले गर्नुभएको थियो ।

The post कनकाईमा राजश्व संकलन घुम्ति शिविर, २० प्रतिशत छुट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register