योगी आदित्यनाथलाई भेटेको समाचार बाहिरिएपछि मधेसका मुख्यमन्त्री सिंहको फेसबुक प्रोफाइल ‘लक्ड’

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटको समाचार बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो फेसबुक प्रोपाइल ‘लक्ड’ गरेका छन् । फेसबुक पेज लक्ड गरेपछि ‘सीएम सतिश सिंह’ भन्ने प्रोपाइलमा उनले यसअघि राखेका आदित्यनाथसँगको भेटका तस्वीर अहिले देख्न सकिँदैन । सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्री सिंहले भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट […]

Mar 21, 2025 - 01:30
 0
योगी आदित्यनाथलाई भेटेको समाचार बाहिरिएपछि मधेसका मुख्यमन्त्री सिंहको फेसबुक प्रोफाइल ‘लक्ड’

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटको समाचार बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो फेसबुक प्रोपाइल ‘लक्ड’ गरेका छन् ।

फेसबुक पेज लक्ड गरेपछि ‘सीएम सतिश सिंह’ भन्ने प्रोपाइलमा उनले यसअघि राखेका आदित्यनाथसँगको भेटका तस्वीर अहिले देख्न सकिँदैन ।

सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्री सिंहले भारत पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेको समाचार यसअघि नेपालभ्युजले तस्वीरसहित प्रकाशित गरेको थियो । उनको आदित्यनाथसँग भेटघाट गरेका तस्वीर फेसबुकमार्फत सार्वजनिक भएका थिए । मुख्यमन्त्री सिंहले बिहीबार योगी आदित्यनाथसँग भेट गरेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न सङ्घीय सरकारको स्वीकृति लिनुपर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे सङ्घीय सरकारलाई जानकारी नै छैन ।

उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका थिए, ‘भेटमा जननी जानकीको पवित्रभूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ ।’

सङ्घीय सरकारको अनुमतिबिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन् ।

तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार सङ्घीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् । स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका थिए ।

मुख्यमन्त्री सिंह, पूर्वमुख्यमन्त्री चौधरी र पूर्वसांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।

यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो । यस्तो अवस्थामा सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ ।

सम्बन्धित समाचार :

सङ्घलाई सुइको नदिइ मधेसका मुख्यमन्त्री पुगे योगीलाई भेट्न

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register