रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ […]

Jan 28, 2025 - 09:51
 0
रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।

न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलगायत ७ जना प्रतिवादीलाई छाड्न थुनछेक आदेश दिएको थियो ।

रविलाई तोकेको धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने जिकिरसहित सोमबार उच्चमा निवेदन दर्ता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register