अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (मङ्गलबार) पहिलो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि समान दुई पटकका विजेता भारत र अष्ट्रेलिया आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । भारतले समूह ‘ए’को हैसियतमा सेमिफाइनलमा समूह ‘बी’को उपविजेता अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको हो । भारतले आफ्नो समूहका […]

Mar 4, 2025 - 04:27
 0
अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (मङ्गलबार) पहिलो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि समान दुई पटकका विजेता भारत र अष्ट्रेलिया आमने–सामने हुँदैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । भारतले समूह ‘ए’को हैसियतमा सेमिफाइनलमा समूह ‘बी’को उपविजेता अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको हो ।

भारतले आफ्नो समूहका तीनवटै खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । यता अष्ट्रेलियाले भने एक खेल जितेको थियो । अन्य दुई खेल भने वर्षाका कारण रोकिएर अङ्क बाँड्नु परेको थियो ।

यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । किनकि भारत र अष्ट्रेलिया प्रतियोगिताका बलिया टोली हुन् ।

दुई वर्षअघि घरेलु मैदानमा भएको एकदिवसीय (ओडीआई) विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै भारत उपाधि बिमुख भएको थियो । यसर्थ भारत आज यसैको बदला लिन चाहन्छ । यता अष्ट्रेलिया भने आज सोही नतिजा दोहोर्याएर फेरि भारतलाई स्तब्ध बनाउन चाहन्छ ।

हुन पनि एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया भारतमाथि हाबी छ । हालसम्म भएका १५१ खेलमा अष्ट्रेलियाले ८४ खेल जितेको छ ।

भारतले ५७ खेलमात्र आफ्नो पक्षमा पारेको छ । अष्ट्रेलियाको ब्याटिङ सबल देखिँदै आएको छ भने भारतको बलिङ पछिल्लो खेलमा धारिलो देखिएको छ ।

भारतको कप्तानी रोहित शर्माले तथा अष्ट्रेलियाको स्टिभ स्मिथले गर्नेछन् ।

दोस्रो सेमिफाइनल खेल बुधबार दक्षिण अफ्रिका र न्यजिल्यान्डबीच हुनेछ ।

न्युजिल्यान्डलाई हराएर समूह विजेता बनेको भारतले पायो अष्ट्रेलिया प्रतिद्वन्द्वी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register