ललितपुरका केही स्थानमा बिजुली काटिँदै, एकान्तकुनादेखि झम्सिखेलसम्म

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, एकान्तकुना, भनीमण्डल, लामाचौर, समिट होटल, अरुण थापा चोक, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल क्षेत्रमा आज दिउँसो १२ देखि २ […]

Mar 21, 2025 - 02:24
 0
ललितपुरका केही स्थानमा बिजुली काटिँदै, एकान्तकुनादेखि झम्सिखेलसम्म

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार, एकान्तकुना, भनीमण्डल, लामाचौर, समिट होटल, अरुण थापा चोक, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register