भद्रपुरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ

भद्रपुर, ८ चैत । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका वडा–३ डाँगीबारी स्थित प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल नेपाल भद्रपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तेह्रथुम आठराई गाउँपालिका–५ घर भई हाल कनकाई नगरपालिका–५ दुर्गापुरमा बस्दै आएका २१ वर्षीय सुन्दर [...] The post भद्रपुरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

Mar 21, 2025 - 09:39
 0
भद्रपुरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ

भद्रपुर, ८ चैत । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा भद्रपुर नगरपालिका वडा–३ डाँगीबारी स्थित प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल नेपाल भद्रपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तेह्रथुम आठराई गाउँपालिका–५ घर भई हाल कनकाई नगरपालिका–५ दुर्गापुरमा बस्दै आएका २१ वर्षीय सुन्दर सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीमाथि शंका लागेर चेकजाँच गर्दा उनले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकबाहेक १९ ग्राम ३४० मिलिग्राम (प्लाष्टिक सहित २१ ग्राम ८३० मिलिग्राम) फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

The post भद्रपुरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register