शिवसताक्षीमा ५६ जना ज्येष्ठ कम्युनिष्टलाई सम्मान

शिवसताक्षी, ६ फागुन । नेकपा एमालेले झापा शिवसताक्षी–९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर [...] The post शिवसताक्षीमा ५६ जना ज्येष्ठ कम्युनिष्टलाई सम्मान appeared first on Jhapa Online.

Apr 19, 2025 - 16:00
 0
शिवसताक्षीमा ५६ जना ज्येष्ठ कम्युनिष्टलाई सम्मान

शिवसताक्षी, ६ फागुन । नेकपा एमालेले झापा शिवसताक्षी–९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ ।

नेकपा एमाले शिवसताक्षी वडा नं. ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगालले ज्येष्ठ नागरिकलाई लौरो, सम्मान पत्र, खादा र मालाले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले कम्युनिष्ट पार्टी ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई गोली हान्छ भन्ने गरिथ्यो तर आज यही पार्टीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए । विशेष गरेर एमालेले ज्येष्ठ नागरिकको साहरा प्रदान गर्दछ । नेकपा एमालेले बृद्ध भत्ताको अवधारणा ल्याएर ज्येष्ठ नागरिकहरुलाई बुढेकालमा बाँच सहज भएको छ । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने गरी चिल्लागढधाममा कार्यक्रम राखेकोमा वडा कमिटीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपािलकाका नगरप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा रोषनले शिवसताक्षी नगरपालिकाले गरेको विकास निर्माणका कामहरुको बारेमा बोलेका थिए । उनले सम्मानित ज्येष्ठ नागरिकहरुलाई दिर्घ जीवनको शुभकामना दिदै नगरपालिकालले काम गरेन भन्ने हल्ला चलाइने गरेको छ । उनले भने, २०८४ सालसम्म न्यूनतम पूर्वाधार तयार हुने गरिको कामको थालनी भएको बताए । सिमित श्रोत साधान र घट्दो बजेटका बाबजुत पनि आगामी वर्षहरुका नगरका मुख्य सडकहरु, नगरस्तरीय योजनाहरुलाई पूर्णता दिने र भित्र रहेका स–साना बाटाहरुको पनि स्तरोन्ती गर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं। ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगाल, पूर्व सांसद तारासम योङ्गया लगायतले शुभकमना मन्तव्य राखेका थिए । वडा कमिटी अध्यक्ष लोकेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टंकबहादुर खत्रीले गरेका थिए ।

The post शिवसताक्षीमा ५६ जना ज्येष्ठ कम्युनिष्टलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register