गोर्खाको वंशजको नेपाली नागरिकता कायम राख्न अब माननीयहरुलाई ताकेता गरौं

लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति यूके-नेपाल (बिजिएनसीसीसी यूके-नेपाल) ले ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि माननीय सांसदहरु मार्फत प्रतिनिधिसभामा नागरिकता ऐन संसोधन विधेयक गत फागुन ८ गते दर्ता गराएको थियो। अब यो विधेयक प्रतिनिधि सभा, राज्य ब्यवस्था समिति र राष्ट्रिय सभामा छलफल भई वहुमत सांसदहरुले पारित गर्नुपर्ने हुन्छ। तसर्थ, ब्रिटिश […]

Mar 21, 2025 - 09:46
 0
गोर्खाको वंशजको नेपाली नागरिकता कायम राख्न अब माननीयहरुलाई ताकेता गरौं

भूतपूर्व गोर्खाहरुको आन्दोलनको एक दृष्य अर्काइभबाट

लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति यूके-नेपाल (बिजिएनसीसीसी यूके-नेपाल) ले ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि माननीय सांसदहरु मार्फत प्रतिनिधिसभामा नागरिकता ऐन संसोधन विधेयक गत फागुन ८ गते दर्ता गराएको थियो। अब यो विधेयक प्रतिनिधि सभा, राज्य ब्यवस्था समिति र राष्ट्रिय सभामा छलफल भई वहुमत सांसदहरुले पारित गर्नुपर्ने हुन्छ।

तसर्थ, ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता संसोधन विधेयकका विषयमा दुबै सदनका माननीय 
सांसदहरु जानकार एवं सकारात्मक हुन अत्यावश्यक छ ।

यसका लागि बिजिएनसीसीसी–यूके÷नेपालका प्रमुख सल्लाहकार कृष्ण बहादुर राई, बिजिएनसीसीसी नेपालका सह संयोजक फुर्वा गर्ज शेर्पा तथा कानूनी सल्लाहकार अधिवक्ता योगिता राईको प्रतिनिधि मण्डलले संसोधन विधेयकको ब्यहोरा, संसोधन हुनपर्ने कारणहरु, बिजिएनसीसीसीको अवधारणा पत्र सहितको पत्र दुवै सदनका सांसदहरुलाई उपलव्ध गराएर कन्भिन्स् गराउने काम गरिरहनु भएको छ ‌।

त्यस अलावा राजनैतिक पार्टीका शीर्षस्थ नेताहरुलाई भेटेर समग्र ब्रिटिश गोर्खाका वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी ऐन साथै संविधान संसोधनका विषयमा पार्टीको सकारात्मक धारणा निर्माण गराउन पहल गरिरहनु भएको अवस्था छ ।

आवश्यकता अनुसार निकट भविष्यमा उपलब्ध माननीय सांसदहरुलाई आमन्त्रण गरि संविधानविद्- कानूनविद्हरुद्वारा उक्त संसोधन विधेयकका बारेमा प्रष्ट पार्ने कार्यक्रम समेत छ ।

सन्तोष थलङ

ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको नेपाली राष्ट्रियता अविछिन्न राख्ने यो अति महत्वपूर्ण अवसर भएकाले सम्पूर्ण ब्रिटिश गोर्खा समुदायले आफ्ना संघ संस्था, क्षेत्र, आस्था र सबैभन्दा माथि उठेर साझा मुद्दामा केन्द्रित हुन अत्यावश्यक छ । यो अभियान सफल हुंदा ब्रिटिश गोर्खा समुदाय सबैले नागरिकता निरन्तरताको अधिकार प्राप्त गर्ने हो । अभियान असफल हुँदा त्यसको परिणाम सम्पूर्ण गोर्खा समुदायले नै ब्यहोर्नु पर्ने हुन्छ ।

अतः बेलायत या नेपालमा रहेका ब्रिटिश गोर्खा दाजु– भाइ, दिदी–बहिनी तथा भान्जा–भान्जीहरुले नेपालमा आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरुलाई कम्तीमा फोन गरेर ब्रिटिश गोर्खाको अहिले दर्ता भएको नागरिकता ऐन संसोधन विधेयक पारित गराउन पहल गर्न वाध्य बन्नेगरि अनुरोध गर्न अत्यावश्यक छ ।

सम्बन्धित क्षेत्रका सांसदहरुलाई सम्पर्क एवं कन्भिन्स गरेपश्चात सोको जानकारी बिजिएनसीसीसी यूके-नेपाललाई वा सिधै नेपालमा अभियानरत प्रतिनिधि मण्डललाई उपलब्ध गराउन अनुरोध गरिएको छ ताकि सदनमा विधेयक पारित गर्नका लागि मतको पूर्व आकलन गरि आवश्यक रणनीति बनाउन सकियोस् । जय गोर्खा !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register