अस्पताल छड्केमा स्वास्थ्यमन्त्री

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा.खगेश्वर गेलालसहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवाप्रवाह, उपलब्ध स्रोतसाधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो […]

Mar 21, 2025 - 11:32
 0
अस्पताल छड्केमा स्वास्थ्यमन्त्री
हेटौंडा ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा.खगेश्वर गेलालसहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् ।

शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवाप्रवाह, उपलब्ध स्रोतसाधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो । अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भए पनि सेवा दिइरहेको बताए । उनले भने–हामी सेवाका क्रममा कुनै कञ्जुस्याइँ गर्दैनौं । प्राथमिकताअनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं । स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले डाक्टर तथा स्वास्थ्यकर्मीलाई एप्रोन र परिचयपत्र अनिवार्यरुपमा लगाउन निर्देशन दिँदै अस्पताल व्यवस्थापनलाई यसमा थप ध्यान दिन आग्रह गरे । मन्त्री थापाले अनुगमनलाई नियमित बनाउने र सेवा बिस्तारलाई आवश्यक अध्ययनपछि अघि बढाउने बताए ।
बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेको भन्दै मन्त्री थापाले सेवाको गुणस्तर कम हुन नदिने प्रतिबद्धता जनाए । अस्पताल व्यवस्थापनलाई बिरामीको सुबिधाका लागि प्रभावकारी योजना बनाउन उनले निर्देशन दिए ।

मन्त्रालयकी सचिव डा.गौतमले अनुगमनपछि अस्पतालको सेवामा केही सुधार देखिएको भन्दै सन्तोष व्यक्त गरिन् । उनले भनिन्–केही समयअघिको तुलनामा हाल सेवा विस्तार भएको देखिन्छ । जुन सकारात्मक पक्ष हो । तर, अझ सुधार आवश्यक छ । प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवाप्रवाह थप गुणस्तरीय बनाइने उनले बताइन् ।

अस्पताल भवन निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने मन्त्रालयले जनाएको छ । आँखासेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरुसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने जनाइएको छ । चिकित्सा महाशाखा प्रमुख गेलालले टिमवर्क गरेर सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपाल कर्माचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले मन्त्रालयको सुझाव र निर्देशनअनुसार सेवा बिस्तार र सुधार गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register