अर्जेन्टिना विश्वकप नजिक, उरुग्वेलाई हराउँदै शीर्ष स्थानमा

काठमाडौं । आगामी वर्ष हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट नजिक पुगेको छ। शनिबार बिहान उरुग्वेविरुद्धको खेलमा १-० को जित निकालेपछि अर्जेन्टिना विश्वकप छनोटबाट एक अङ्क मात्र टाढा रहेको छ। थिआगो आल्माडाले ६८ औं मिनेटमा गरेको गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो। यस जितसँगै अर्जेन्टिना १३ खेलबाट २८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। अर्जेन्टिनाले अब […]

Mar 22, 2025 - 02:46
 0
अर्जेन्टिना विश्वकप नजिक, उरुग्वेलाई हराउँदै शीर्ष स्थानमा

काठमाडौं । आगामी वर्ष हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट नजिक पुगेको छ। शनिबार बिहान उरुग्वेविरुद्धको खेलमा १-० को जित निकालेपछि अर्जेन्टिना विश्वकप छनोटबाट एक अङ्क मात्र टाढा रहेको छ।

थिआगो आल्माडाले ६८ औं मिनेटमा गरेको गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो। यस जितसँगै अर्जेन्टिना १३ खेलबाट २८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।

अर्जेन्टिनाले अब मंगलबार ब्राजिलसँग खेल्नेछ। ब्राजिलविरुद्धको खेलमा बराबरी मात्रै गरे पनि अर्जेन्टिना विश्वकपका लागि छनोट हुनेछ। अर्जेन्टिना प्रशिक्षक लियोनेल स्कालोनीको टोली सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अंकले अगाडि छ।

दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष ६ टोलीहरू विश्वकपका लागि सिधै छनोट हुनेछन्, जबकि सातौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्ने मौका पाउनेछ।

यसअघि, इक्वेडरले भेनेजुएलालाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो। ब्राजिल २१ अङ्कसहित तेस्रो स्थानमा छ, जबकि उरुग्वे र पाराग्वे २० अङ्कसहित चौथो र पाँचौं स्थानमा छन्। कोलम्बिया १९ अङ्कसहित छैटौं स्थानमा छ।

अर्जेन्टिनाका निको गोनजालेजले ब्राजिलविरुद्धको खेल गुमाउनेछन्। उनी अतिरिक्त समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। ब्राजिलका सुरुवाती गोलकिपर एलिसन, डिफेन्डर गाब्रिएल म्यागलहाएस र मिडफिल्डर ब्रुनो गिमाराएसले पनि अर्जेन्टिनासँगको खेल गुमाउनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register