लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा  

काठमाडौँ।  सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा फहराएका  छन् । उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका […]

Apr 27, 2025 - 10:46
 0
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा  

काठमाडौँ। 

सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा फहराएका  छन् । उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्धार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register