महायज्ञका नाममा दलितको घर भत्काउने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतसम्बन्धी कसुरमा जाहेरी

जनकपुरधाम । सिराहाको औरही गाउँपालिका क्षेत्रमा महायज्ञ आयोजना गर्ने नाममा दलित परिवारमाथि गरिएको ज्यादतीको घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार पीडित परिवारले शनिवार दलितका अगुवासहित पुगेर जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका-५ का पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई […]

Mar 22, 2025 - 14:16
 0
महायज्ञका नाममा दलितको घर भत्काउने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतसम्बन्धी कसुरमा जाहेरी

जनकपुरधाम । सिराहाको औरही गाउँपालिका क्षेत्रमा महायज्ञ आयोजना गर्ने नाममा दलित परिवारमाथि गरिएको ज्यादतीको घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार पीडित परिवारले शनिवार दलितका अगुवासहित पुगेर जाहेरी दर्ता गराएका हुन् ।

औरही गाउँपालिका-५ का पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई विपक्षी बनाइ जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा जाहेरी दिएका हुन् ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको र अब कानुनी कारबाही प्रक्रिया अघि बढाउन सजिलो हुने बताए । जाहेरीमा विपक्षीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुन बमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो भने बजरंगी बाबा फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register