दम्भ त्यागेर एक ठाउँमा उभिन देउवा, ओली र प्रचण्डलाई घनश्यामको आग्रह
बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिलाई सही दिशामा लान संसद्का तीन ठुला दलका नेतृत्वलाई मिल्न प्रस्ताव गरेका छन् । वर्तमान सङ्कटबाट बाहिर निस्कन प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा उभिन आग्रह गरेका हुन् । राजनीतिलाई सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको […]

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिलाई सही दिशामा लान संसद्का तीन ठुला दलका नेतृत्वलाई मिल्न प्रस्ताव गरेका छन् ।
वर्तमान सङ्कटबाट बाहिर निस्कन प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा उभिन आग्रह गरेका हुन् ।
राजनीतिलाई सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको टिप्पणी गर्दै उनले राजनीतिक हस्तक्षेपको बेला आएको बताए ।
बुटवलमा आयोजित कार्यक्रममार्फत उनले तीन दलका शीर्ष नेताले दम्भ र घमण्ड त्याग्न अपिल गरे । तीन शीर्ष नेता नमिले देशमा दुर्दशा हुने खतरा रहेको भुसालको भनाइ छ । ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो सङ्कट यसै जानेवाला छैन’, भुसालले भने, ‘रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेन्डामा आउनुस् ।’
राष्ट्रिय एजेन्डामा आउन आग्रह गर्दै भुसालले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी सर्वदलीय सम्मेलनको प्रस्ताव भुसालले गरेका छन् ।
जनतामा निराशा गरिबी र बेरोजगारीले जन्माएको भुसालले बताए । ‘राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गर्छ,’ भुसालको भनाइ छ, ‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो, हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौँ ।’
हण्डर ठक्कर खाएपछि सबै एकै ठाउँमा आउने उनको जिकिर छ ।
What's Your Reaction?






