विश्वकप छनोटमा वेल्सको विजयी सुरुवात

काठमाडौं । आगामी वर्ष हुने विश्वकप फुटबलको छनोटमा वेल्सले विजयी सुरुवात गरेको छ । कार्डिफमा आइतबार बिहान भएको खेलमा घरेलु टोली वेल्सले कजाकिस्तानलाई ३–१ गोल अन्तरले हराएको हो । डानियल जेम्सले गोल गर्दै खेलको नवौं मिनेटमा नै वेल्सलाई अग्रता दिलाए । तर कजाकिस्तानका अस्खत तगिबेर्गेनले ३२औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेल १–१ को बराबरीमा […]

Mar 23, 2025 - 00:55
 0
विश्वकप छनोटमा वेल्सको विजयी सुरुवात

काठमाडौं । आगामी वर्ष हुने विश्वकप फुटबलको छनोटमा वेल्सले विजयी सुरुवात गरेको छ ।

कार्डिफमा आइतबार बिहान भएको खेलमा घरेलु टोली वेल्सले कजाकिस्तानलाई ३–१ गोल अन्तरले हराएको हो ।

डानियल जेम्सले गोल गर्दै खेलको नवौं मिनेटमा नै वेल्सलाई अग्रता दिलाए । तर कजाकिस्तानका अस्खत तगिबेर्गेनले ३२औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि बेन डाभिसले ४७औं तथा रब्बी मोटोन्डोले ९०औं मिनेटमा गोल गर्दै जित सुनिश्चत गरे ।

यस जितसँगै युरोपियन छनोटको समूह ‘जे’मा रहेको वेल्सले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

यो समूहमा उत्तरी मेसेडोनियाले पनि तीन अङ्क नै जोडेको छ ।

आइतबार बिहान नै भएका अन्य खेलमा इजरायलले इस्टोनियालाई तथा चेक रिपब्लिकले फारो आइसल्यान्डलाई हरायो ।

अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register