सर्लाहीमा मापदण्डविपरीत चलाइएका १९ अस्पताल बन्द 

काठमाडौँ । सर्लाहीमा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेको अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका हुन् ।  बन्द गरिएका अस्पतालहरु लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुर चोकमा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको मुख्यमन्त्री सिंहले बताएका छन् ।  सिंहका अनुसार यी क्षेत्रमा सञ्चालित २३ स्वास्थ्य […]

Mar 23, 2025 - 06:37
 0
सर्लाहीमा मापदण्डविपरीत चलाइएका १९ अस्पताल बन्द 

काठमाडौँ । सर्लाहीमा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेको अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका हुन् । 

बन्द गरिएका अस्पतालहरु लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुर चोकमा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको मुख्यमन्त्री सिंहले बताएका छन् । 

सिंहका अनुसार यी क्षेत्रमा सञ्चालित २३ स्वास्थ्य संस्थामा अनुगमन गर्दा १९ अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको थियो । ती अस्पतालहरु अनुमतिपत्र नै नलिई सञ्चालन गरेको भेटिएको पनि मुख्यमन्त्री सिंहले बताएका छन् । सोही कारण ती अस्पताल बन्द गर्न निर्देशन दिइएको सिंहको भनाई छ । 

त्यस्तै, मुख्यमन्त्री सिंहले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने लापरवाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि बताएका छन् । अनुगमनमा दुईवटा स्वास्थ्य संस्थासँग अनुमतिपत्र लिएको र दुई वटाले नवीकरण नगरेको देखिएको मन्त्री सिंहको भनाई छ । ती संस्थालाई पनि तत्काल आवश्यक कागजात मिलाउन निर्देशन दिइएको मन्त्री सिंहले बताएका छन् । 

हाल मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ । यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सतर्कता अपनाइने मुख्यमन्त्री सिंहले बताएका छन् । जनताले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई ध्यानमा राख्दै मुख्यमन्त्री सिंहले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई थप जिम्मेवारीको साथ अघि बढ्न आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register