नेप्सेमा ५३.०४ अंकको पहिरो, सबै सूचक राताम्य !

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५३.०४ अंकले घटेर २३१६.२६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Mar 23, 2025 - 09:28
 0
नेप्सेमा ५३.०४ अंकको पहिरो, सबै सूचक राताम्य !

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५३.०४ अंकले घटेर २३१६.२६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ४२ करोड ६ लाख ३४ हजार ९ सय ८१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको हो ।

त्यस्तै, आजको बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, मिथिला लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीक सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register