टर्की सङ्कटको रहस्य : पुटिनजस्तो हुन सहज छैन एर्दोगानलाई

टर्कीको प्रमुख विपक्षी दल सीएचपीले आगामी निर्वाचनका लागि आफ्नो राष्ट्रपति उम्मेदवार छनौट गर्ने अघिल्लो दिन इस्तानबुलका मेयर इकराम इमामोग्लुलाई गिरफ्तार गरी जेल हालियो । उनी यो प्रतिस्पर्धाका सबैभन्दा प्रखर दाबेदार थिए । उनलाई पक्राउ गर्नु र जेल पठाउनुको सिधा अर्थ राष्ट्रपतीय निर्वाचनको दौडबाट हटाउनु हो । टर्की सरकारको यस्तो कार्यले त्यहाँ एक प्रकारको जनविद्रोह भड्किएको […]

Mar 24, 2025 - 05:25
 0
टर्की सङ्कटको रहस्य : पुटिनजस्तो हुन सहज छैन एर्दोगानलाई

टर्कीको प्रमुख विपक्षी दल सीएचपीले आगामी निर्वाचनका लागि आफ्नो राष्ट्रपति उम्मेदवार छनौट गर्ने अघिल्लो दिन इस्तानबुलका मेयर इकराम इमामोग्लुलाई गिरफ्तार गरी जेल हालियो । उनी यो प्रतिस्पर्धाका सबैभन्दा प्रखर दाबेदार थिए । उनलाई पक्राउ गर्नु र जेल पठाउनुको सिधा अर्थ राष्ट्रपतीय निर्वाचनको दौडबाट हटाउनु हो ।

टर्की सरकारको यस्तो कार्यले त्यहाँ एक प्रकारको जनविद्रोह भड्किएको छ । हजारौं मानिस राष्ट्रपति  रिसेव तैयव एर्दोगानविरुद्ध सडकमा आएका छन् ।  त्यस्ता जनप्रदर्शनमाथि सरकारको तर्फबाट दमन भएको छ । राजनीतिक दमनका यी घटनाले टर्की पूर्णतः अधिनायकवादतिर अघि बढेको पुष्टि गर्दैछ ।

इमामोग्लुलाई राष्ट्रपतीय निर्वाचनको खेल मैदानबाट हटाउने योजना सुनियोजित हो । यसको धेरै गहन राजनीतिक अर्थ छ । इस्तानबुल विश्व विद्यालयले कथित उच्च शिक्षा बोर्ड नियम उल्लङ्घन गरेको भन्दै उनको स्नातक डिग्री खारेज गरेको थियो । टर्कीको कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुन विश्वविद्यालयको यस्तो डिग्री आवश्यक पर्दछ ।

त्यसको भोलीपल्ट उनलाई भ्रष्टाचार र आतङ्कवादको आरोपमा पक्राउ गरियो । राज्यका यस्ता कदमले इमामोग्लुको राष्ट्रपति पदको महत्त्वाकाङ्क्षाका लागि मात्र कमजोर बनाएको छैन, टर्कीको सबैभन्दा ठूलो र आर्थिक शक्ति गृह सहरको मेयरबाट समेत हटाएको छ ।

वर्षौँदेखि एर्दोगानले यसरी नै आफ्ना राजनीतिक विरोधीलाई खेल मैदानबाट हटाउँदै र आफ्नो पार्टीको चुनावी फाइदाका लागि राज्यका संस्थाको चालबाजीपूर्ण प्रयोग गर्दै आएका छन् । तर पनि अहिलेसम्म टर्कीका विपक्षीहरू उनी विरुद्ध उचित उम्मेदवार खडा गर्न सक्षम रहँदै आएका थिए ।

इमामोग्लुको बारेमा विपक्षीहरू यो सोचिरहेका थिए कि उनीहरूले एउटा यस्ता उम्मेदवार पाएका छन् जसले अन्ततः प्रत्यक्ष प्रतिस्पर्धामा एर्दोगानलाई पराजित गर्न सक्दछ । इमामोग्लु र एर्दोगानबीच नजिकको प्रतिस्पर्धा हुने ठानिएको थियो ।

इस्तानबुलका मेयरलाई जबरजस्ती राजनीतिबाट बाहिर धकेलेर टर्कीको शासनले आफ्नो अधिनायकवादी चरित्रलाई उदाङ्गो पारेको छ । टर्कीले रुसी शैलीको राजनीतिक प्रवृत्ति रोजेको छ । रुसी राजनीतिमा यस्तै हुन्छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना खाँटी प्रतिस्पर्धी बन्न सक्नेलाई अनेक तरिकाले पहिले नै पाखा लगाउँछन् । आफूलाई जित्न सहज हुने उम्मेदवारलाई मात्र छनौट हुन दिन्छन् । त्यहाँ चुनाव देखाउनका लागि मात्र हुन्छन् ।

इस्तानबुलका मेयरलाई जबरजस्ती राजनीतिबाट बाहिर धकेलेर टर्कीको शासनले आफ्नो अधिनायकवादी चरित्रलाई उदाङ्गो पारेको छ । टर्कीले रुसी शैलीको राजनीतिक प्रवृत्ति रोजेको छ । रुसी राजनीतिमा यस्तै हुन्छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना खाँटी प्रतिस्पर्धी बन्न सक्नेलाई अनेक तरिकाले पहिले नै पाखा लगाउँछन् । आफूलाई जित्न सहज हुने उम्मेदवारलाई मात्र छनौट हुन दिन्छन् । त्यहाँ चुनाव देखाउनका लागि मात्र हुन्छन् ।

एर्दोगान दुई दशकभन्दा बढी समयदेखि टर्कीको सत्तामा छन् । यस अवधिमा उनले लोकतान्त्रिक संस्थाहरूलाई ध्वस्त पारेका छन् । एक व्यक्तिको शासनको रूपमा राज्यमा उनको नियन्त्रण कायम भएको छ ।

सन् २०१६ मा त्यहाँका सैनिक अधिकारीहरूले एर्दोगान विरुद्ध सत्ता विद्रोह गर्ने प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन । त्यसपछि हुने हरेक जनआन्दोलन र प्रदर्शनलाई उनले त्यस्तै प्रयासका कडीका रूपमा जोडेर हेर्ने गर्दछन् । उनी राज्यका निकाय र अङ्गमा सत्ता विद्रोहका समर्थकहरूको घुसपैठ रहेको बताउने गर्दछन् ।

यही निहुँमा उनले हजारौँ न्यायाधीश बर्खास्त गरे । त्यसको ठाउँमा आफ्ना बफादार मान्छे नियुक्त गरे । त्यसपछि न्यायपालिका उनको रबर–स्ट्याम्पजस्तो बन्न पुग्यो । उनले एक प्रकारले भन्दा मिडियाको घाँटी अँठ्याएका छन् । टर्कीका ९० प्रतिशत मिडियाको स्वामित्व सरकार परस्त व्यावसायिक गृहसँग छ । बाँकीलाई बारम्बार जेल पठाइन्छ ।

देशमा अझै पनि नियमित निर्वाचन त हुन्छ तर, प्रणाली र प्रवृत्ति अत्यन्तै विकृत छ । प्रणालीगत हिसाबले प्रतिस्पर्धी लोकतन्त्रको नक्कल गरिन्छ । तर, व्यवहारमा योजनाबद्ध तरिकाले सबै खेललाई सत्तारुढ दलको पक्षमा पारिन्छ । टर्कीको चुनाव अधिनायकवाद भित्रको प्रतिस्पर्धाजस्तो लाग्दछ ।

यसका बाबजुद विपक्षीहरू चुनावी मैदानमा चुनौती दिन सक्ने मात्र हुँदा पनि एर्दोगानको शासन सोचेजस्तो बलियो हुन पाउँदैन, कमजोर हुन पुग्दछ । उनको जीत अन्तर तुलनात्मक रूपमा कम हुन पुग्दछ । सन् २०२३ को राष्ट्रपतीय निर्वाचनमा एर्दोगानले दोस्रो चरणमा ५२ प्रतिशत मतले जित हासिल गरेका थिए ।

एर्दोगानले आफू र आफ्नो पार्टीलाई अगाडि पार्न कहिले कहीँ चरम उपाय पनि अवलम्बन गर्दछन् । सन् २०१९ मा इस्तानबुल मेयरको चुनावमा जब इमामोग्लुले जिते, अधिकारीहरूले चुनावको नतिजा रद्द गरे र फेरि चुनाव गराए । तर, पनि एर्दोगानको पार्टीको उम्मेदवार पराजित भए ।

बलिया प्रतिद्वन्द्वीहरूलाई जेल हाल्नु उनको सबैभन्दा खतरनाक रणनीति हो । सन् २०१४ र २०१८ को राष्ट्रपतीय चुनावमा एर्दोगानलाई चुनौती दिने जादुमय क्षमताका कुर्द राजनीतिज्ञ सेलाहतिन डिमार्टस अहिले पनि जेलमा छन् । उनले दोस्रो पटकको चुनाव जेलमै बसेर लडेका थिए । उनीमाथि शङ्कास्पद आतङ्कवादीको आरोप लगाइएको छ ।

सन् २०२२ मा एक सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा इमामोग्लुलाई पनि जेल सजाय सुनाइएको थियो । तर, त्यो मुद्दा विचाराधीन रहेको हुँदा उनलाई मेयरको उम्मेदवार हुन बाट भने रोक्न सकेन ।

गत वर्ष एर्दोगानले विपक्षी पार्टीबाट निर्वाचित भएका थुप्रै मेयरलाई पदबाट बर्खास्त गरेका थिए । ती ठाउँ खाली गराएर सरकारी कर्मचारीबाट काम लिए । पत्रकार, राजनीतिज्ञ, मानव अधिकार अभियन्ता, यहाँसम्मकी देशको प्रतिष्ठित व्यापारिक घरानाका सदस्यहरूले समेत बारम्बार फर्जी मुद्दाको सामना गर्नु पर्दछ ।

सबैका बाबजुद यसपटकको इमामोग्लुको गिरफ्तारी उल्लेखनीय घटना हो । आतङ्कवाद र भ्रष्टाचारका आरोप धेरै गम्भीर हुन्  । उनको सन् २०२२ को विचाराधीन मुद्दाले भन्दा यसले धेरै ठूलो  सजाय दिन सक्दछ । डेमिर्टास र इमामोग्लुबीच अर्को पनि फरक छ । डेमिर्टास सधैँ तेस्रो स्थानको उम्मेदवार मात्र हुन सके । तर, इमामोग्लुले एर्दोगानलाई सिधै टक्कर दिन सक्थे । इमामोग्लु एर्दोगानका लागि निक्कै ठूलो खतरा थिए ।

तर, यी सबैका बाबजुद यसपटकको इमामोग्लुको गिरफ्तारी उल्लेखनीय घटना हो । आतङ्कवाद र भ्रष्टाचारका आरोप धेरै गम्भीर हुन्  । उनको सन् २०२२ को विचाराधीन मुद्दाले भन्दा यसले धेरै ठूलो  सजाय दिन सक्दछ । डेमिर्टास र इमामोग्लुबीच अर्को पनि फरक छ । डेमिर्टास सधैँ तेस्रो स्थानको उम्मेदवार मात्र हुन सके । तर, इमामोग्लुले एर्दोगानलाई सिधै टक्कर दिन सक्थे । इमामोग्लु एर्दोगानका लागि निक्कै ठूलो खतरा थिए ।

तसर्थ, टर्कीको चुनावलाई अब रुसको राष्ट्रपतीय चुनावसँग तुलना गर्न मिल्छ । जहाँ टक्कर दिन सक्ने वास्तविक प्रतिस्पर्धीहरू अगाडि नै चुनावी मैदानबाट हटाइएका हुन्छन् । चुनाव देखाउनका लागि मात्र हुन्छ ।

टर्कीमा पनि त्यही भएको छ । एर्दोगान अब भ्लादिमिर पुटिनको बाटोमा छन् । उनी खतरनाक रूपले आफ्नो इरादाको नजिक पुगेका छन् ।

दुई दशक अघिसम्म रुसमा अहिलेको जस्तो कडा र नियन्त्रित निरङ्कुशता थिएन । देशको अर्थतन्त्र फस्टाइरहेको थियो । पुटिन साँच्चै लोकप्रिय नेता थिए । त्यो बेला उनी विरोधलाई केही हदसम्म सहन्थे । लोकतान्त्रिक प्रणालीका लागि केही स्थान क्षुण्ण छोड्थे ।

तर, सन् २००८ को आर्थिक मन्दीपछि स्थिति फरक हुँदै गयो । आर्थिक वृद्धि रोकियो । सरकार विरोधी प्रदर्शन सुरु भए । पुटिनले तिनको दमन गर्न थाले । सन् २०२० सम्म आइपुग्दा उनले आफ्नो शासनलाई एक चुनौतीहीन निरङ्कुशतामा परिणत गरे । त्यस्ता संवैधानिक परिमार्जन र संशोधन गरियो जसले पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहने अनुमति दिन्छ ।

पुटिनले यो लक्ष्य यसरी नै हासिल गरेका हुन् । उनले आफ्ना सबै प्रमुख आलोचकलाई गिरफ्तार गर्ने, निर्वासनमा पठाउने, अनेक प्रकारले चुप लगाउने गरेका छन् । कति त मारिएका पनि छन् । सन् २०२० मा क्रेमलिन अधिकारीहरूले  पुटिनका कट्टर आलोचक एलेक्सेई नोभाल्नीलाई विष दिएर मार्ने प्रयास गरे । सन् २०२४ मा दण्ड सजायकै क्रममा जेलमा उनको मृत्यु भयो ।

आज रुसमा चुनाव औपचारिकतामा मात्र सीमित हुन्छन् । वास्तविक प्रतिद्वन्द्वीहरूलाई प्रतिबन्ध लगाइएको हुन्छ । लोकतन्त्र र प्रतिस्पर्धाको भ्रम सृजना गर्न पुटिनले केही प्रतिकात्मक विरोधी छनौट गर्दछन् । नतिजा कहिल्यै शङ्कास्पद हुँदैन । सधैँ पुटिनकै पक्षमा आउँछ ।

एर्दोगानको कथा पनि ठीक यस्तै छ । उनको लोकप्रियता जति घट्दो छ, उनको दमन उत्ति नै बढ्दो छ । टर्कीका युवालगायत प्रमुख मतदाता  उनीसँग निराश हुँदै गएका छन् । एर्दोगानका अधिनायकवादी नीति र आर्थिक अवसरको अभावले धेरै युवाहरू टर्की छोड्ने विचारमा पुगेका छन् । ती उचित आप्रवासन अवसरको खोजीमा छन् ।

एर्दोगान सरकारले लाखौँ सिरियाली शरणार्थीलाई टर्कीमा बस्न अनुमति दिएको छ । यसले गर्दा टर्कीमा राष्ट्रवादी भावना र प्रतिक्रिया बढ्दै गएको छ ।

एर्दोगानको सबैभन्दा ठूलो टाउको दुखाइको विषय देशको बिमार अर्थतन्त्र हो । टर्की सन् २०१८ यता निरन्तर चर्को मुद्रास्फीति र आर्थिक बरबादीसँग जुधिरहेको छ । अर्थशास्त्रीहरू तर्क गर्दै छन् कि उनका नीतिले झनै खराब आर्थिक अवस्था निम्त्याउन सक्दछ ।

एर्दोगानको सबैभन्दा ठूलो टाउको दुखाइको विषय देशको बिमार अर्थतन्त्र हो । टर्की सन् २०१८ यता निरन्तर चर्को मुद्रास्फीति र आर्थिक बरबादीसँग जुधिरहेको छ । अर्थशास्त्रीहरू तर्क गर्दै छन् कि उनका नीतिले झनै खराब आर्थिक अवस्था निम्त्याउन सक्दछ ।

एर्दोगानका नयाँ अर्थमन्त्रीले केही परम्परागत नीति त्यागेका छन् तर, समस्यालाई सुल्झाउन सकेका छैनन् । देशको उद्योग व्यापार संघले आर्थिक नीतिहरूको चर्को आलोचना गरेको छ ।

प्रतिक्रियामा एर्दोगानले त्यसलाई आफ्नो सरकारलाई कमजोर पार्ने षडयन्त्रको आरोप लगाएका छन् ।

एर्दोगानको जनअनुमोदनमा पनि ठूलो धक्का लागेको छ । सन् २०२४ को नगरपालिका निर्वाचनमा उनले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन राज्यको सबै शक्ति प्रयोग गरे । तर, सत्तारुढ दलले अहिलेसम्मकै सबैभन्दा ठूलो हार बेहोर्न पर्‍यो ।

सन् २०१९ अघि इमामोग्लु राजनीतिमा थिएनन् । तर, इस्तानबुलको मेयर निर्वाचनमार्फत् उनले नगरमा सत्तारुढ दलको २५ वर्ष लामो पकड समाप्त पारेका थिए । अहिले उनी सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ दल र एर्दोगानलाई चुनौती दिने अभियानको तयारीमा थिए । इमामोग्लु एर्दोगान शासनका लागि शक्तिशाली चुनौती बनेका थिए ।

यदि एर्दोगान अडिग रहे भने तिनले इमामोग्लुका लागि दृढ अवरोध सृजना गर्ने छन् । उनको विश्वविद्यालय डिग्री रद्द गरिएपछि उनी कानुनतः राष्ट्रपतिको उम्मेदवार हुन सक्दैनन् । आतङ्कवादको आरोपले उनलाई मेयर पदबाट सधैँलाई विमुख गराउन सक्दछ । एर्दोगानको इरादा राष्ट्रपतिमा मात्र छैन, इस्तानबुलको मेयर पुनर्प्राप्तिमा पनि छ ।

इस्तानबुलको नेतृत्व गुमाउनु एर्दोगानका लागि राजनीतिक मात्र नभएर आर्थिक धक्का पनि थियो । यसले एर्दोगानलाई सहरका विशाल स्रोतहरूबाट बाहिर गर्थ्यो । इस्तानबुलको स्रोत दशकौँदेखि एर्दोगान सञ्जालको इन्धन थियो । इस्तनबुलको नेतृत्व फिर्ता नगरीकन उनी आफ्नो राजनीतिक सञ्जाललाई आर्थिक रूपमा टिकाई राख्न सक्दैनन् । इमामोग्लुलाई मेयरबाट हटाउँदा एर्दोगानले इस्तानबुलमा सरकारी कर्मचारीबाट गभर्नर नियुक्त गर्ने अवसर प्राप्त गर्ने छन् ।

इमामोग्लुलाई पक्राउ गरेर एर्दोगानले एक उच्च जोखिमपूर्ण र उच्च इनामदायी खेल खेलेका छन् । यदि उनी यो खेलमा सफल भए अर्को चुनाव उनका लागि सहज हुनेछ  । उनी आफैले छनौट गरेको कमजोर प्रतिस्पर्धीसँग लड्ने छन् । यसो गर्दा उनको शासन उनको जीवनभरि सुरक्षित रहन सक्दछ ।

टर्कीका धेरै मान्छे उनीसँग रिसाएका छन् । तर, तिनले उपायहीनताको अनुभूतिमा एर्दोगानलाई नै मतदान  गर्न सक्ने छन् । टर्कीका जनताले राष्ट्रपति विरुद्ध बोल्ने सीमित सम्भावना हुन्छ । विपक्षी दल र राजनीतिज्ञसँग त्यति धेरै र प्रभावकारी उपाय बाँकी रहँदैनन् ।

यसअघि एर्दोगानले सन् २०१३ मा ठूलो विरोध प्रदर्शनको सामना गर्नु परेको थियो । सरकारले प्रदर्शनमाथि क्रूर प्रतिक्रिया गरेको थियो । सुरक्षा बलले धेरैलाई मारेका थिए । हजारौँ घाइते बनाएका थिए । ठूलो सङ्ख्यामा सामूहिक गिरफ्तारी गरिएको थियो । त्यसयता एर्दोगानले प्रदर्शन त्यही स्तरमा नउठुन् भनेर सार्वजनिक जमघटलाई कडाइ गर्दै आएका थिए ।

 एर्दोगानसँग असाधारण अन्तर्राष्ट्रिय वातावरणको फाइदा पनि छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनले उनलाई हौसला प्रदान गरेको छ  । एर्दाेगानलाई अमेरिकी प्रतिशोधको भय  छैन । ट्रम्प आफैँ अमेरिकी लोकतन्त्रलाई कमजोर बनारहेका छन् । विदेशी निरंकुशहरूलाई राजनीतिक दमनका लागि जिम्मेवार बनाउने चासो उनका शून्य छ ।

एर्दोगानसँग असाधारण अन्तर्राष्ट्रिय वातावरणको फाइदा पनि छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनले उनलाई हौसला प्रदान गरेको छ  । एर्दाेगानलाई अमेरिकी प्रतिशोधको भय  छैन । ट्रम्प आफैँ अमेरिकी लोकतन्त्रलाई कमजोर बनारहेका छन् । विदेशी निरंकुशहरूलाई राजनीतिक दमनका लागि जिम्मेवार बनाउने चासो उनका शून्य छ ।

ट्रम्प–पुटिन संवादको कारण युरोपेली नेताहरू पनि टर्कीसँग नजिकिन बाध्य छन् । युरोपेली नेता रुसी आक्रमण विरुद्धको प्रतिरक्षालाई बलियो बनाउन चाहन्छन् । यसको अर्थ यदि अंकाराको साथ खोज्नु हो भने तिनले एर्दोगानको आन्तरिक दमनलाई बेवास्ता गर्ने छन् ।

तर, आन्तरिक राजनीतिमा एर्दोगानको विश्वास गलत ठाउँमा पनि हुन सक्दछ । इमामोग्लुलाई किनारा लगाउने उनको प्रयासले उल्टो परिणाम पनि दिन सक्दछ  । सन् २०१९ को इस्तानबुल मेयरको चुनावमा त्यस्तै उल्टो परिणाम आएको थियो । पहिलो चुनावमा इमामोग्लुले झिनो मतान्तरमा जितेका थिए । चुनाव दोहोर्‍याउनु मतदाताले अनुचित कदम ठाने । आक्रोशित भए ।

दोस्रो पटकमा इमामोग्लुले झनै ठूलो मतान्तरले जिते । इस्तानबुल नगर चुनावको इतिहासमै दशकौँ यताको सबैभन्दा फराकिलो मतान्तर कायम गरे ।

अझ महत्त्वपूर्ण कुरा–एर्दोगानले पुटिनजस्तै बन्ने आकाङ्क्षा राखेका हुन सक्दछन् तर, टर्की रुस हैन । रुसको विपरीत टर्कीको अर्थतन्त्र धेरै हदसम्म विदेशी लगानीमा निर्भर छ । लगानकर्ताले अहिले नै देश अधिनायकवादतर्फ अभिमुख भएको महसुस गर्न थालेका छन् । कतिपय त लगानी फिर्ता गरेर देश छोडेर हिँडिसकेका छन् ।

टर्की अझै अधिनायकवादी हुँदै जाँदा तिनलाई फिर्ता ल्याउन वा भएकालाई टिकाई राख्न गाह्रो हुनेछ । टर्कीको अर्थतन्त्र सङ्कटमा फसिरहने छ । चाहे व्यक्ति जतिसुकै शक्तिशाली किन नहोस् उसले पनि सत्तामा टिकिरहन केही न केही परिणाम दिनुपर्ने हुन्छ । अधिनायकवादी तरिकाले लामो समय सत्तामा रहेर परिणाम दिन पुटिनलाई जस्तो सजिलो एर्दोगानलाई छैन ।

फरेन अफेर्यसबाट अनूदित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register