दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Mar 24, 2025 - 09:35
 0
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ६९ लाख ७७ हजार ५ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबार गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, अपर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register