प्रेस चौतारीको महाधिवेशनमा मनोनयन खुला, मतदान निषेध

काठमाडौं । विराटनगरमा जारी प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनमा मनोनयन खुला गरे पनि मतदान निषेध भएको छ । प्रेस चौतारीको निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारी दिने र उम्मेदवारी फिर्ता लिने समय राखिएको छ । तर, मतदानको समय नराखिकनै उम्मेदवारको नामावली प्रकाशन गरी लगत्तै अन्तिम परिणाम घोषणा गरिने  निर्वाचनसम्बन्धी सूचनामा […]

Mar 24, 2025 - 10:50
 0
प्रेस चौतारीको महाधिवेशनमा मनोनयन खुला, मतदान निषेध

काठमाडौं । विराटनगरमा जारी प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनमा मनोनयन खुला गरे पनि मतदान निषेध भएको छ । प्रेस चौतारीको निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारी दिने र उम्मेदवारी फिर्ता लिने समय राखिएको छ । तर, मतदानको समय नराखिकनै उम्मेदवारको नामावली प्रकाशन गरी लगत्तै अन्तिम परिणाम घोषणा गरिने  निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ ।

निर्वाचनसम्बन्धी सूचनामा मतदाता नामावली प्रकाशन १ बजे, त्यसमा दावी वरोध १:३० बजे, विरोधउपर जाँचबुझ २ बजे, अन्तिम नामावली प्रकाशन २:३० बजे र उम्मेदवारी मनोनयन दर्ता २:४५ को समय राखिएको थियो ।

तर ४ बजेसम्म पनि उम्मेदवारका आकांक्षीहरूले मनोनयन दर्ताको फारम पाएका छैनन् । चौतारीको अध्यक्षका आकांक्षी राजेश राईले निर्वाचन आयोग जारी गरेको सूचना बमोजिमको समय बितिसक्दा पनि आफूलाई मनोनयन फारम नदिइएको बताए । ‘मैले उम्मेद्बारीको लागी फारम माग्दा पाएको छैन । यो पद्धति राम्रो भएन,’  राईले भने ।

निर्वाचनसम्बनी सूचनामा ३ बजे उम्मेदवारहरूको नामावली प्रकाशन ३:१० बजे उम्मेदवारमाथि दावी विरोध ३:१५ बजे जाँचबुझ र ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ । यस्तै ४:१५ बजे उम्मेदवारले नाम फिर्ता लिने र ४:२० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भनिएको छ । त्यसपछि ४:३० मा निर्वाचन परिणाम घोषणा गरिने भनिएको छ । तर, मतदानका लागि भने समय छुट्याइएको छैन ।

निर्वाचन आयोगले ‘महाधिवेशनअन्तर्गत बन्द सत्रले सर्वसहमत निर्वाचन गर्नका लागि अध्यक्ष मण्डललाई दिएको म्यान्डेटअनुसार’ भनेर सूचनामा नै उल्लेख गरेको छ ।

राई पक्षले यसअघि नै निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाएको थियो । सो अभियानमा १ सय ५० जनाले हस्ताक्षर गरेका थिए ।

अध्यक्ष मण्डलका सदस्य समेत रहेका एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चुनाव गर्न नसकिने खालको अभिव्यक्ति दिएका चौतारीका एक प्रतिनिधिले जानकारी दिए । ‘अहिले यही महाधिवेशन स्थलमा केही साथीहरूलाई एक बित्ता उफ्रिएर पैरवी गरेर नेतृत्वमा पुगिन्छ भन्ने होला । प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ । यो पत्रकार महासंघको चुनाव होइन,’ गौतमको भनाइ उद्धृत गर्दै एक प्रतिनिधिले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register