स्रोत नखुलेको १४ लाखसहित तनहुँबाट दुईजना पक्राउ

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहीद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० […]

May 8, 2025 - 01:03
 0
स्रोत नखुलेको १४ लाखसहित तनहुँबाट दुईजना पक्राउ

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको शहीद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register