भ्रष्टाचारी ठहर भएका विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा फरार रहेका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशमा उप्रेतीलाई काठमाडौँको बनस्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उप्रेतीलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेर डिल्लीबजार कारागार चलान गरिएको छ ।  उनलाई […]

Mar 24, 2025 - 11:32
 0
भ्रष्टाचारी ठहर भएका विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा फरार रहेका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशमा उप्रेतीलाई काठमाडौँको बनस्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उप्रेतीलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेर डिल्लीबजार कारागार चलान गरिएको छ । 

उनलाई सर्वोच्च अदालतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै २ करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । 

अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेर सजाय सुनाए पनि उनी फरार हुँदै आएका थिए । अन्ततः पक्राउ परेका उप्रेतीले अब अदालतको फैसला अनुसार सजाय भोग्नुपर्नेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register