गभर्नरको प्रतिस्पर्धाका लागि नबिल बैंकका सिइओ ढुंगानाले दिए राजिनामा

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजिनामा दिएका छन् । ढुंगानाले गत आइतबारदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजिनामा भने स्वीकृत गरिसकेको छैन ।  राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चा चलिरहेका बेला ढुंगानाले बैंकबाट राजिनामा दिनुले उक्त चर्चालाई थप बल दिएको छ । यता ढुंगाना स्वयम्‌ले […]

Mar 25, 2025 - 07:38
 0
गभर्नरको प्रतिस्पर्धाका लागि नबिल बैंकका सिइओ ढुंगानाले दिए राजिनामा

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजिनामा दिएका छन् । ढुंगानाले गत आइतबारदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् ।

तर, बैंकको सञ्चालक समितिले उनको राजिनामा भने स्वीकृत गरिसकेको छैन । 

राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चा चलिरहेका बेला ढुंगानाले बैंकबाट राजिनामा दिनुले उक्त चर्चालाई थप बल दिएको छ । यता ढुंगाना स्वयम्‌ले पनि राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धाका लागि बैंकबाट राजिनामा दिएको स्वीकारेका छन् । 

यसो त राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ढुंगानाले बैंकबाट राजिनामा दिएका हुन् । नेपाल बंगलादेश बैंकसँग मर्जरमा गएयता ढुंगाना बैंकको सिइओ रहँदै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register