कुलमान बर्खास्तको निर्णयको प्रधानमन्त्री ओलीको बचाउ, सडक आन्दोलनको अर्थ नभएको जिकिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान बर्खास्तविरूद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् । राजधानीमा काङ्ग्रेसकी नेता सुजाता कोइरालाको आत्मकथा ‘म’ र सानोबुवा आत्मकथा विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘केही व्यक्तिहरू इस्यु पाइयो भनेर लागेका छन् । तिललाई पहाड बनाउन लागेका छन् । त्यसको केही अर्थ छैन,’ उनले […]

Mar 25, 2025 - 09:38
 0
कुलमान बर्खास्तको निर्णयको प्रधानमन्त्री ओलीको बचाउ, सडक आन्दोलनको अर्थ नभएको जिकिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान बर्खास्तविरूद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् । राजधानीमा काङ्ग्रेसकी नेता सुजाता कोइरालाको आत्मकथा ‘म’ र सानोबुवा आत्मकथा विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘केही व्यक्तिहरू इस्यु पाइयो भनेर लागेका छन् । तिललाई पहाड बनाउन लागेका छन् । त्यसको केही अर्थ छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयको बचाउ गरेका छन् । ‘सरकारले बाहिरबाट ल्याएको होइन । त्यहीँको मान्छेलाई नियुक्त गरेको हो । अघिल्लो सरकारले उहाँलाई(हितेन्द्र शाक्य)लाई निकम्मा बनाएर सरूवा भनेर अन्त पुर्‍याइदिनुभयो । सरकारले उहाँलाई फेरि ल्याएको हो । वर्षौँदेखि लगाएर गरेको कामलाई जादु चमत्कार भनिएको छ त्यसका कोही पनि साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले भने ।

एउटा व्यक्तिलाई संस्था मानेर अघि बढ्न नहुने उनले बताए । सरकार देश र जनताको हितमा काम गर्न अग्रसर रहेको बताए । ‘अहिले म सरकारको नायक छु । १५ महिनापछि शेरबहादुर देउवाजी सरकारको नायक बन्नु हुनेछ । जो भए पनि देश र जताको हितका लागि काम गर्नुपर्छ । सरकार देश र जनताको हितमा क्रियाशील छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सुदृढ र परिस्कृत बनाउँदै सरकार अघि बढ्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register