ह्वातै घट्यो सेयर बजार, सबै सूचक राताम्य

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Mar 25, 2025 - 09:29
 0
ह्वातै घट्यो सेयर बजार, सबै सूचक राताम्य

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड २० लाख ७ हजार १ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, ९.५% एनसीसी डेबेञ्चर २०८६का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register