डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते, थप उपचारका लागि कैलाली रिफर

डोटी।  डोटीमा जंगली भालुको आक्रणबाट दुई जना घाइते भएका छन् । घाइते भएका दुवै जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । घाइते हुनेहरुमा जिल्लाको सायल गाउँपालिका–६ स्याडाका ६० वर्षीय करी साउँद र उनकी श्रीमती ५८ वर्षीया दुर्गा साउँद रहेका जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ ।  सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख […]

Mar 25, 2025 - 13:01
 0
डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते, थप उपचारका लागि कैलाली रिफर

डोटी। 

डोटीमा जंगली भालुको आक्रणबाट दुई जना घाइते भएका छन् । घाइते भएका दुवै जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ ।

घाइते हुनेहरुमा जिल्लाको सायल गाउँपालिका–६ स्याडाका ६० वर्षीय करी साउँद र उनकी श्रीमती ५८ वर्षीया दुर्गा साउँद रहेका जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ । 

सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख गर्ने क्रममा भालुले आक्रमण गर्दा उनीहरु दुवै जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार भालुको आक्रमणबाट घाइते भएका दुवै जनालाई आज मंगलबार बिहान उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि घाइते दुवै जनालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको प्रहरीले जनाएको छ । 

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । घाइतेहरुको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट पुगेको छ । डोटीमा जंगली जनावरको आक्रमणबाट वर्षेनी मानिसहरू घाइते हुने तथा ज्यान जाने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register