मेयर डान्स आइडलको उपाधि निरुता मल्लले हात पारिन

मुगु। नव वर्ष २०८२ सालको शुभारम्भसँगै मुगुमा आयोजित मेयर डान्स आइडलको उपाधि निरुता मल्लले हात पारेकी छन् । २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै मेयर डान्स आइडलको उपाधि छायाँनाथ रारा नगरपालिका– १ की निरुता मल्लले हात पारेकी हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा वैशाख १ गतेबाट […]

Apr 28, 2025 - 18:52
 0
मेयर डान्स आइडलको उपाधि निरुता मल्लले हात पारिन

मुगु।

नव वर्ष २०८२ सालको शुभारम्भसँगै मुगुमा आयोजित मेयर डान्स आइडलको उपाधि निरुता मल्लले हात पारेकी छन् । २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै मेयर डान्स आइडलको उपाधि छायाँनाथ रारा नगरपालिका– १ की निरुता मल्लले हात पारेकी हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा वैशाख १ गतेबाट सुरु भएको मेयर डान्स आइडल तीन चरणमा सञ्चालन भएको थियो ।

फाइनलको चरणमा ७ जनाको प्रतिस्पर्धा भएको र त्यसमध्ये प्रथम स्थान चुम्दै मेयर डान्स आइडलको उपाधि निरुता मल्लले हात पारिन् भने दोस्रो स्थान सन्जीता नेपाली र तेस्रो स्थान लक्कीशा ऐडीले हात पारेका छन् ।

प्रथम स्थान बन्न सफल निरुता मल्ललाई पुरुस्कार ३० हजार, दोस्रो सन्जीता नेपालीलाई पुरुस्कार २० हजार र तेस्रो लक्कीशा ऐडीलाई पुरुस्कार १० हजारका साथ कप र प्रमाणप्रत्रले पनि सम्मान गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुले विगत एक दशकदेखि मुगुको लोक कला संस्कृति संरक्षणमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यो नयाँ वर्षको शुभ अवसरसँगै मेयर डान्स आइडल सञ्चालन गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुका अध्यक्ष राधिका मल्लले बताइन् ।

उनका अनुसार सस्कृतिको संरक्षण र श्रष्टाको सम्मान गरी नव प्रतिभाको प्रोत्साहन गर्ने उदेश्यले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुले मेयर डान्स आइडल सञ्चालन गरेको अध्यक्ष मल्लको भनाई छ ।

मेयर डान्स आईडलमा दोस्रो स्थान आउन सफल विपन्न तथा दलित समुदायकि संजिता नेपाली लाई १० कक्षा सम्म अध्ययन निशुल्क गराउने अध्यक्ष मल्लले बताइन् । मेयर डान्स आइडलमा ६ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई सहभागी गराइएको थियो ।

मेयर डान्स आइडलमा निर्णायकमा नृत्य निर्देशक सम्भव सुनार, नृत्य कलाकार सुमित्रा रावल र नृत्य कलाकार सविना भाम निर्णायक मण्डलमा रहेका थिए भने कार्यक्रम सञ्चालकमा मुख्य कार्यक्रम सञ्चालक नन्दबहादुर रोकाया र सहायक कार्यक्रम सञ्चालकमा दिपक शाहीले सहजिकर गरेका थिए ।

मेयर डान्स आइडलको फाइनलचरणको कार्यक्रममा पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री कर्णाली प्रदेशसभा सदस्य जितबहादुर मल्ल, छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भाम, नगर उपप्रमुख एश्वर्य मल्ल, छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद गौतमको उपस्थिती रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register