त्रिचन्द्रमा फेरि स्थगित भयो स्ववियु निर्वाचन

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा  स्ववियु निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि   विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ । ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले […]

Mar 26, 2025 - 02:56
 0
त्रिचन्द्रमा फेरि स्थगित भयो स्ववियु निर्वाचन

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा  स्ववियु निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि   विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मङ्गलबार साँझ जारी गरेको सूचनामा भनिएको छ ।

‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका निर्वाचन  तोकिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register