मङ्गलबार तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी पराकम्प

काठमाडौं । मङ्गलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी पराकम्प गएको पाइएको छ । चीन र नेपाल केन्द्रविन्दु भएर आज (बुधबार) बिहान ९ बजेसम्ममा ६१६ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ठूलो भूकम्प गएपछि यो क्रम चलिरहने केन्द्रले नेपालभ्युजसँग बतायो । मङ्गलबार बिहान ६ः५० बजे […]

Jan 8, 2025 - 05:45
 0
मङ्गलबार तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी पराकम्प

काठमाडौं । मङ्गलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएयता ६०० भन्दा बढी पराकम्प गएको पाइएको छ ।

चीन र नेपाल केन्द्रविन्दु भएर आज (बुधबार) बिहान ९ बजेसम्ममा ६१६ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ठूलो भूकम्प गएपछि यो क्रम चलिरहने केन्द्रले नेपालभ्युजसँग बतायो ।

मङ्गलबार बिहान ६ः५० बजे तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु भएर गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट चीनमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ । यस्तै १८८ जना घाइते भएका छन् ।

उक्त भूकम्पले नेपालमा पनि सामान्य क्षति पुर्‍याएको छ ।

चीनमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुग्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register