नेपाल मलेसियासँग पराजित

झापा, १३ चैत । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए । त्यसपछि [...] The post नेपाल मलेसियासँग पराजित appeared first on Jhapa Online.

Mar 26, 2025 - 02:57
 0
नेपाल मलेसियासँग पराजित

झापा, १३ चैत । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो ।

यस पटकको छनोटमा एसियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल एफमा रहेको छ । नेपालको समूहमा मलेसियासँगै भियतनाम र लाओस छन् । ‘होम एण्ड अवे’ प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

आजको खेल नेपालमा हुनुपर्ने भए पनि एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि मलेसियामा भएको बताइएको छ ।

The post नेपाल मलेसियासँग पराजित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register