बर्खास्तविरूद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध कुलमान घिसिङ सर्वोच्च पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापनाको माग गर्दै उनी सर्वोच्चमा पुगेका हुन् । नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् । कुनै गल्ती, […]

Mar 26, 2025 - 11:41
 0
बर्खास्तविरूद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध कुलमान घिसिङ सर्वोच्च पुगेका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापनाको माग गर्दै उनी सर्वोच्चमा पुगेका हुन् ।

नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी रिट निवेदनमा उनको जिकिर छ ।

कुलमानले प्रतिनिधिमार्फत रिट निवेदन दर्ता गराएका हुन् । करिव ५ बजेतिर सर्वोच्च अदालतमा  उनको निवेदन पेस भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register