बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापनाको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् । नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् । […]

Mar 26, 2025 - 12:08
 0
बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापनाको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाउँदै उनले रिट निवेदन दर्ता गराएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको भनी रिट निवेदनमा उनको जिकिर छ ।

कुलमानले प्रतिनिधिमार्फत रिट निवेदन दर्ता गराएका हुन् । करिब ५ बजेतिर सर्वोच्च अदालतमा  उनको निवेदन पेस भएको छ ।

कुलमानलाई बर्खास्त गर्नुका १० कारणसहित उर्जामन्त्रालयले पठायो पत्र

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register