सर्वोच्च पुगे कुलमान, बर्खास्तीको निर्णय खारेज गर्न माग ! 

काठमाडौँ । कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।  उनले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेको भन्दै सरकारको निर्णय खारेज गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्न माग गरेका छन् ।  कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा नेपाल सरकार, उर्जा मन्त्रालय, नेपाल […]

Mar 26, 2025 - 12:02
 0
सर्वोच्च पुगे कुलमान, बर्खास्तीको निर्णय खारेज गर्न माग ! 

काठमाडौँ । कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् । 

उनले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेको भन्दै सरकारको निर्णय खारेज गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्न माग गरेका छन् । 

कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा नेपाल सरकार, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतका विपक्षी बनाइएको छ । 

गल्ती नै नगरी कार्यसम्पादन गरिरहेको अवस्थामा बदनियतका साथ आफूलाई पदमुक्त गरेको कुलमानले दायर गरेको निवेदनमा उल्लेख छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई प्राधिकरणबाट हटाउने र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register