खुलेन अवरुद्ध पूर्वपश्चिम राजमार्ग : सवारीसाधनको जाम, यात्रु अलपत्र

काठमाडौं । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । दाउन्ने खण्डको उक्त अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म पनि खुल्न नसकेको हो । चिनियाँ भेहिकलको सहयोगमा अहिले सडक खुलाउने काम धमाधम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपालभ्युजलाई जानकारी दियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन जाममा […]

May 24, 2025 - 05:53
 0
खुलेन अवरुद्ध पूर्वपश्चिम राजमार्ग : सवारीसाधनको जाम, यात्रु अलपत्र

काठमाडौं । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अझै खुल्न सकेको छैन ।

दाउन्ने खण्डको उक्त अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म पनि खुल्न नसकेको हो ।

चिनियाँ भेहिकलको सहयोगमा अहिले सडक खुलाउने काम धमाधम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपालभ्युजलाई जानकारी दियो ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन जाममा परेका छन् भने यात्रु अलपत्र परेका छन् ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register