दुर्घटनामा गम्भीर घाइते भद्रपुरका सरोज बस्नेतको मृत्यु

झापा, १३ चैत । दुर्घटनाबाट गम्भीर घाइते भई लामो समयदेखि उपचाररत भद्रपुर नगरपालिका–१० का सरोज बस्नेतको मृत्यु भएको छ । उनको शनिबार बिहान ७ः४० बजे निधन भएको हो । उनको मृत्यु भएपछि कानुनी प्रक्रिाया पुरागरी शव पोष्टमार्टम ला।ग आज प्रादेशिक अस्पताल भद्रपुरमा पठाएको छ । गत २०८० भदौ १३ गते राति बिर्तामोड–३ स्थित सञ्जिवनी अस्पताल [...] The post दुर्घटनामा गम्भीर घाइते भद्रपुरका सरोज बस्नेतको मृत्यु appeared first on Jhapa Online.

Mar 26, 2025 - 15:21
 0
दुर्घटनामा गम्भीर घाइते भद्रपुरका सरोज बस्नेतको मृत्यु

झापा, १३ चैत । दुर्घटनाबाट गम्भीर घाइते भई लामो समयदेखि उपचाररत भद्रपुर नगरपालिका–१० का सरोज बस्नेतको मृत्यु भएको छ । उनको शनिबार बिहान ७ः४० बजे निधन भएको हो । उनको मृत्यु भएपछि कानुनी प्रक्रिाया पुरागरी शव पोष्टमार्टम ला।ग आज प्रादेशिक अस्पताल भद्रपुरमा पठाएको छ ।

गत २०८० भदौ १३ गते राति बिर्तामोड–३ स्थित सञ्जिवनी अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मे ५ प ५५६८ नं. मोटरसाइकल चालक कनकाई–५ का २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले तत्कालै मृत्यु घोषणा गरेको थियो ।

टाउको र हात खुट्टामा चोट लागेर गम्भिर घाइते भएका सरोज बस्नेतलाई विभिन्न अस्पतालमा उपचार गराउदाँ स्वास्थ्यमा सुधार नआई अचेत अवस्थामा रहेकामा शनिबार बिहान मृत्यु भएको थियो ।

The post दुर्घटनामा गम्भीर घाइते भद्रपुरका सरोज बस्नेतको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register