सामुदायिक कुकुर नियन्त्रण गर्दै कनकाई नगरपालिका, कुकुरले गरेको क्षति सम्बन्धित धनीले बेहोर्नुपर्ने

कनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिकाले सामुदायिक कुकर नियन्त्रणका लागि पहल थालेको छ।  नगरपालिका वैशाख १२ गते एक सूचना जारी गरी सामुदायिक कुकुर पालेकाहरूलाई आआफ्नो नियन्त्रणमा राख्न सूचना जारी गरेको छ। कनकाई नगरपालिका क्षेत्रभित्र सामुदायिक कुकुर यत्रतत्र सडकहरूमा छरिएर हिँडडुल गर्नाले वृद्धवृद्धा, वालवालिका तथा बटुवाहरुमा समस्या हुने गरेकोले नियन्त्रणका लागि सार्वजनिक सूचना जारी गरिएको [...] The post सामुदायिक कुकुर नियन्त्रण गर्दै कनकाई नगरपालिका, कुकुरले गरेको क्षति सम्बन्धित धनीले बेहोर्नुपर्ने appeared first on Jhapa Online.

Apr 26, 2025 - 09:45
 0
सामुदायिक कुकुर नियन्त्रण गर्दै कनकाई नगरपालिका, कुकुरले गरेको क्षति सम्बन्धित धनीले बेहोर्नुपर्ने

कनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिकाले सामुदायिक कुकर नियन्त्रणका लागि पहल थालेको छ। 

नगरपालिका वैशाख १२ गते एक सूचना जारी गरी सामुदायिक कुकुर पालेकाहरूलाई आआफ्नो नियन्त्रणमा राख्न सूचना जारी गरेको छ। कनकाई नगरपालिका क्षेत्रभित्र सामुदायिक कुकुर यत्रतत्र सडकहरूमा छरिएर हिँडडुल गर्नाले वृद्धवृद्धा, वालवालिका तथा बटुवाहरुमा समस्या हुने गरेकोले नियन्त्रणका लागि सार्वजनिक सूचना जारी गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रहरी अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

सामुदायिक कुकुरका कारण सडक दुर्घटना तथा रेविज जस्ता प्राणघातक जुरोटिक रोगहरु समेत आमनागरिक लगायत पशुहरुमा फैलन सक्ने हुनाले सामुदायिक कुकुर पाल्नु भएको घरधनीहरुले आ-आफ्नो नियन्त्रणमा राखी सामुदायिक कुकुर वृद्धि हुन रोकथामका लागि सहयोग अपिल गरिएको उहाँले बताउनुभयो। 

सूचनाको उल्लंघन गरी कुकुरहरुलाई जथाभावी छोडेमा त्यस्ता कुकुरबाट हुन गएको क्षति सम्बन्धित घरधनीहरुले व्यहोर्नु पर्ने तथा प्रचलित कानुन बमोजिम कार्बाही समेत हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

The post सामुदायिक कुकुर नियन्त्रण गर्दै कनकाई नगरपालिका, कुकुरले गरेको क्षति सम्बन्धित धनीले बेहोर्नुपर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register