दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन सुरु

काठमाडौं ,१८ फागुन । दयाहाङ राई, विजय बरालको शीर्ष भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आइतबारदेखि सुरु भएको छ । छायांकनअघि बुढानिलकण्ठ मन्दिरमा शुभसाइत पूजा गरियो । दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की [...] The post दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन सुरु appeared first on Jhapa Online.

Mar 2, 2025 - 08:38
 0
दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन सुरु

काठमाडौं ,१८ फागुन । दयाहाङ राई, विजय बरालको शीर्ष भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आइतबारदेखि सुरु भएको छ । छायांकनअघि बुढानिलकण्ठ मन्दिरमा शुभसाइत पूजा गरियो ।

दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।

तिहारको लक्ष्मीपूजा अवसरमा कात्तिक ३ गते प्रदर्शन लक्ष्य छ । फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, मओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय हुनेछ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन हुनेछ । सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन चितवन र हेटौंडामा हुनेछ । मानकृष्ण महर्जनले फिल्म खिच्नेछन् ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन कोरियोग्राफी, प्रदीप लामाको नृत्य निर्देशन रहनेछ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसले फिल्म निर्माण गर्न लागेको हो ।

The post दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register