अर्घाखाँची बस दुर्घटना : तीन जनाको मृत्यु, २८ घाइते
अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी […]

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए । –रासस
What's Your Reaction?






