ट्रम्पले कारमा लगाए २५ प्रतिशत कर, बढ्यो व्यापार युद्धको खतरा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन् । यस अनुसार अमेरिका आउने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ । ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको बीबीसीको समाचारमा विश्लेषण गरिएको छ । ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन् । कारका पार्टपुर्जामा यी […]

Mar 27, 2025 - 02:59
 0
ट्रम्पले कारमा लगाए २५ प्रतिशत कर, बढ्यो व्यापार युद्धको खतरा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन् । यस अनुसार अमेरिका आउने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ ।

ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको बीबीसीको समाचारमा विश्लेषण गरिएको छ ।

ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन् । कारका पार्टपुर्जामा यी करहरू मे महिना वा पछि सुरु हुनेछन् ।

राष्ट्रपति ट्रम्पले भने आफ्नो कदमले कार उद्योगमा ’ठूलो वृद्धि’ हुने दाबी गरेका छन् । उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने पनि वाचा गरेका छन् ।

तर, यस विषयमा विज्ञहरूको राय फरक छ ।

ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रुपमा रोकिन र मूल्य बढ्न सक्ने उनीहरूको प्रक्षेपण छ । साथै सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्ने उनीहरूको विश्वास छ ।

अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो ।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन् ।

ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा बढेको विज्ञहरूको चेतावनी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register