एकता महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

बुडापेष्ट– गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकता महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् । अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताए। उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख […]

Mar 27, 2025 - 03:01
 0
एकता महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

बुडापेष्ट– गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकता महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।

अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताए। उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउंदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

‘गएको केही समययता एनसीसीहरु चेपुवामा परेका छन्। एनसीसीहरु स्वायत्त निकाय हुन्। यिनलाई चेपुवामा पार्नु ठिक होइन। आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडि बढ्दा नै संस्था र सबै एनआरएनहरुको हित हुन्छ’, उनले भने।

उनले हंगेरीमा बस्ने सबै एनआरएनहरुलाई उच्चस्तरीय समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताका लागि निवेदन दिन आग्रह पनि गरे।

अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत संघको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे। ‘संघको भवन र सचिवालय हामी सबैको साझा हो। कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन’, उनले भने।

धम्पुसदेखि बुडापेष्टसम्म

गएको २० वर्षदेखि हंगेरीमा बसोबास गर्दै आएका भण्डारीका अनुसार हंगेरीमा झन्डै १२०० नेपाली बसोबास गर्दछन्। ‘धेरै जसो नेपालीहरु ग्रामीण क्षेत्रमा खेतीपाती वा कारखानामा काम गरेर बसिरहनु भएको छ। उहाँहरुलाई संस्थामा जोड्न पनि गाह्रो छ’, भण्डारीले भने।

हरेक वर्ष हंगेरीका नागरिकहरुलाई नेपालको पदयात्रामा लग्ने गरेका भण्डारीले हस्तकला लगायत नेपालका उत्पादन युरोपमा बिक्री गर्न पनि सघाउने गरेका छन्। कास्कीको रमणीय पर्यटकीय केन्द्र धम्पुसमा अन्नपूर्ण हिमाल हेर्दै हुर्किएका भण्डारीले धम्पुसमै अन्नपूर्णा किन्डरगार्डन पनि खोलेका छन्। ‘उक्त किन्डरगार्डनका तीन जना शिक्षिकाहरुको तलब मैले नै उपलब्ध गराउँदै आएको छु। कहिलेकाही पर्यटकहरुले पनि सहयोग गर्नु हुन्छ’, उनले भने।

‘हामी केही लिन हैन दिनको लागि एनआरएन अभियानमा लागेका हौँ। अब सबै मिलेर सहकार्य गरौँ। मातृभूमिको सेवाका लागि हातेमालो गरौँ’, भण्डारीले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register