गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजिनामा, गभर्नर बन्ने सम्भावना कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका श्रेष्ठले राष्ट्र बैंकको गभर्नर पदको प्रतिस्पर्धाका लागि कार्यकारी निर्देशकको पदबाट राजिनामा दिएका हुन् ।  गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् […]

Mar 27, 2025 - 03:20
 0
गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजिनामा, गभर्नर बन्ने सम्भावना कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका श्रेष्ठले राष्ट्र बैंकको गभर्नर पदको प्रतिस्पर्धाका लागि कार्यकारी निर्देशकको पदबाट राजिनामा दिएका हुन् । 

गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।

गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेका बेला गभर्नर बन्ने दौडमा रहेका श्रेष्ठले कार्यकारी निर्देशकबाट राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपाल राष्ट्र बैंकको गभर्नरका आकांक्षी मात्र होइनन्, बरु बलियो दाबेदारसमेत हुन् । 

मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार थिए । त्यस्तै, उनले एमालेका महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी अर्थमन्त्रीका पनि निकट मानिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register